पछि पछि सारा बिश्व अाउनु काे के अर्थ ।
तिमी छैनौं त सारा खुसि पाउनु काे के अर्थ ।।
न सुन्ने कोही छन न पिर बुझ्ने काेहि ,
बिना सिद्दि गित गजल गाउनु को के अर्थ ।
भन्छन चाहिन्छ एउटा जिन्दगी बिताउने ,
जबर्जस्ती कसैलाई सिन्दुर लाउनु काे के अर्थ ।
ठान्थे तिमीलाई फूल हो मेराे घर सजाउने ,
तिमी बिना शून्य त्याे घर छाउनु काे के अर्थ ।
बास माग्यो मुटु भित्र सजिएर बस्छु भन्दै ,
तिम्राे ठाउँमा अर्कै नाम सझाउनुकाे के अर्थ ।।
_____________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: