लगन पछिको पोते लाउनुको के अर्थ
रङ्गबिनाको ईन्द्रेणि छाउनुको के अर्थ ।
जितिबेला खाचो थियो पाउन सकिएन
गुमाई सकेपछि फेरि पाउनुको के अर्थ ।
सुभसाइतमा जयजयकार अर्कैको भएपछि
जब समय बित्छ तिमी आउनुको के अर्थ ।
संघर्षको मैदानमा बाजि मारे अरुले नै
पराजयमा फेरि सम्झाउनुको के अर्थ ।
अप्ठेरो बाटो अनि चढ्दै छु उकालो यात्रा
ढुङ्गे गोरेटोमा रत्यौली गाउनुको के अर्थ ।
--------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: