समयले आफू अनुकुल जवानी बनाउँछ।
अनि रंगमञ्च सुहाउने कहानी बनाउँछ।
चराले पनि गुड बनाउन कहाँ सिक्या हो र!
उस्ले त केवल त्यो जानी नजानी बनाउँछ।
देखिन्छ भुइकुइरो आकश छुन कुदेको झै
कहिले कडा चट्टान कहिले पानी बनाउँछ।
यो देशको दुर्दशा देखेर वाक्क भएरै पनि हो
छोरो मुग्लान भासिन अब राहदानी बनाउँछ।
बा आमाको पसिना बेचेर डिग्री पढेको पनि हो।
बिडम्बना यस्तो छ प्रमाण-पत्रको सिरानी बनाउँछ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: