नआउनु मेरो बाटोमा तिमीले भनेकि थियौ !
याद होला आरोप मलाई लाएकि थियौ !
खै के देखेर सजाए यो दिलभित्र तिमीलाई - २
अर्कैकि रैछाै र पो मलाई ठुक्राएकि थियौ !
आउन खोजेको हैन तिम्रो खुसियाली शहरमा - २
छातीमा बिज्ने गरि एउटा शब्द कोरेकी थियौ !
म निर्दोष थिए र दोषी पनि भन्नू थियो यति मात्रै - २
सोधपुछ नै नगरि एक्लैले सजाय सुनाएकी थियौ !
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: