कालो बजारीले साथीकै, नियत थाहा हहुदैन ।
त्यहाँ परिश्रम मुल्यकै, चाहत थाहा हुदैन ।।
आफ्नो मेहनत दर्बिलो बनाऊ भन्छु सधै ।
नत्र मानबिय चिन्तन, जगत थाहा हुदैन ।।
श्रम नगरेमा अपूर्ण, मानव त्यो मानिन्छ ।
तब मानिसमा धनको, खपत थाहा हुदैन ।।
बुझ पचाउने खालको सोचाई हुन्न उत्तम ।
त्यस्ताे प्रबृतिको भएमा, कुलत थाहा हुदैन ।।
साच्चै तिर्थ हुन्छ समाज आफ्नै मनले बुझेमा ।
के हो सुधारिने तरिका सफत थाहा हुदैन ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: