कोही रोए कराए जस्तो कसैले सम्झाए जस्तो,
मुर्दाको सम्मान जिउँदाको पुत्ला जलाए जस्तो !
यौटा प्रेम पत्र हातमा , परेकोथ्यो पहिलो चोटी,
प्यार भन्दानी लाग्दथ्यो, तमसुक पठाए जस्तो !
धरोधर्म श्रीमती बोलक्कड् ,लाग्दछ आजभोलि ,
प्रेमिका रहँदा देखिन्थिन् ,लजाए लजाए जस्तो !
दुनियाँको यो कस्तो मित्रता, बुझ्नै सकिन यार,
पहिला लडाएर स्वाङ् पार्छन्, उठाए उठाए जस्तो !
चोरको बिरुद्ध बहस , चल्दैछ अदालतमा
नजिकै पुलिस देखिन्छ , डराए डराए जस्तो ।।
____________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: