कत्ती दु:ख गरौ दैब, आधा पेट खाना पनि छैन
जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन
दु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र
गरीबको जिन्दगीमा, सुख लेख्या पाना छैन ||
कत्ती दु:ख कस्ट सहे, पसिनाको धारा छुट्दा
बर्ष दिन खान पुग्ने, भकारीमा दाना छैन
मेसिन झै चल्दा-चल्दा, हात भरी ठेला लिई
साझ पख घर जादा, भाडा भित्र खाना छैन ||
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: