लेख्न खोजेथे गजल यार कहानी बन्दिएछ ।
कहानी सुनेरै रुने अचेल मेरो बानी बन्दिएछ ।।
ठुला साना सब्बै चोटहरु साहिदिन्छ अचेल ।
पहिला मुटुनै थियो अचेल अचानी बन्दिएछ ।।
छिट्टै नपग्लीयोश भनेर नै जमाएर राखेको हो ।
जिन्दगी एक्कासि पग्लीएछ र पानी बन्दिएछ ।।
न गुच्छा खेल्न न लुकामारी खेल्न मन छ ।
भुलिएछ पुरै बचपन र त जवानी बन्दिएछ।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: