शुरु गर्न खोजियो जिन्दगी ठेलागाडाबाट। सल्लाह सुझाव नि लिइयो बुढापाकाबाट।। बुहार्तन शुरु भयो बुहारी भित्रिए देखि । छोरालाइ नै पराइ बनाइयो आमाबाट।।
शुरु गर्न खोजियो जिन्दगी ठेलागाडाबाट।
सल्लाह सुझाव नि लिइयो बुढापाकाबाट।।
बुहार्तन शुरु भयो बुहारी भित्रिए देखि ।
छोरालाइ नै पराइ बनाइयो आमाबाट।।
म नजिकिनेलाई छिटो बिश्वास गर्ने हुँदा।
कैयौं पल्ट खसालेका छन मेरै आँखाबाट।।
मैले तेहि दिन देखि शराब पिउन छाड्छु।
जहिले आउन छाड्छेउ मेरो सम्झनाबाट।।
केही गरेनन् पित्रि परेका यी नेताहरूले ।
मुलुक चलेको छ प्रवासिएका युवाबाट।।
- एस पि माथवर
देउखुरी, दाङ
[email protected]
Liked by: