गाउँ घर को रमाइलो सम्झी मन पोल्छ परदेशमा
लिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा
आशिर्बाद दिने हातहरु अनि साथिभाइको स्नेह भन्दा
आमाको काखको अभावले मन बिथोल्छ परदेशमा
लिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा
चाडपर्ब र रमाइलो त केबल सम्झनाका पारखी मात्र
दृष्टिले निन्द्रा च्यापेपनि कहाँ कहाँ मन डुल्छ परदेशमा
लिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा
पसिनासँग खुशी साट्दै लत्रिरहेको रित्तो जीवन
सम्झँदा मात्र पनि कती पिडा हुन्छ परदेशमा
लिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: