अँधेरीमा चुप बस्छ्न जुन बोकेर लुकेका
अन्त कतै हराए रे धुन बोकेर लुकेका ।
अरे यार! घाउ लुकाउनु पनि त कला रैछ,
नत्र यहाँ प्रस्स्तै छन नुन बोकेर लुकेका ।
पुस माघ को ठन्डिले जब हड्डी समाउछ
भाउ खोज्छ्न त्यति बेला उन बोकेर लुकेका ।
सबै थोक गुमाएका साना साना नानी हरु
टाढा....बाट आउँदैछ्न रे गुन बोकेर लुकेका ।
के सोच्छ छिमेकी के सम्झिन्छ खै ??
भारी पर्छ जब जाग्छ्न खुन बोकेर लुकेका ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: