मन्द मुस्कान छड्के नजर दिन्छे त ऊ म के गरु
मलाई पाउन सधै व्रत लिन्छे त ऊ म के गरु ।
स्कुल आउदा-जादा सधै दोबाटो मै कुरी बस्छे
मेरै लागि भौतारिदै हिड्छे त ऊ म के गरु ।।
ढुकढुकी म, मुटु ऊ भई जिन्दगी यो चलिराछ
सगै जिउने दिलको महल किन्छ त ऊ म के गरु ।।
तिम्रो साथ पाए भने जुन तारा नै झार्छु भन्दै
च्यातिएको मन मुटुलाई सिन्छे त ऊ म के गरु ।।
______________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: