जाँदै छु केही सपना केही रहर बोकेर!
मनमा केही खुलदुली धेरै डर बोकेर!!
तातो घाममा सपना सेलाउन जादैछु!!
साहु रिणको धेरै ठूलो असर बोकेर!!!
केही खेत केही बारि खोलाले बगायो!!
बर्ष भरी अन्न फल्ने तेहि बगर बोकेर!
म हरेस खान्न आमा चमत्कार गर्ने छु!
ल्याउने छु साहुको लागि डलर बोकेर!!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: