म मरेको त छैन तर जिएको पनि होइन।
होसमा त छैन तर पिएको पनि होइन ।।
सुनखरी झै सपनाहरू आखैमा सुक्दा ,
म खुसी त छैन तर आत्तिएको पनि होइन ।
माहा भुकम्पले हल्लिदा जीवन ,
म उस्तै त छैन तर भत्किएको पनि होइन ।
एक बाली सपनाहरू खडेरिमा पर्दा,
म उमृएको त छैन तर मासिएको पनि होइन।
ऐनामा आफ्नै अनुहार नचिन्दाखेरी ,
म शुद्ध त छैन तर मैलिएको पनि होइन।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: