मधुर त्यो बोली, खास लाग्छ ।
छड्के नजरको, आस लाग्छ ।
मुसुमुसु हाँस्न, थालिन बल्ल
मुस्कान उनको, मिठास लाग्छ ।
लजाउने मान्छे, बोल्न थालिन
उनको कुरामा, बिश्वास लाग्छ ।
नयन उनको, रसायो कि कतै
यो ज्यानलाई, निरास लाग्छ ।
भंगेरी झैं फुर्फुर फुर्फुर गरेपछि
संसार नै मलाई, झकाँस लाग्छ ।
___________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: