गाउघर आफ्नै काम गर्नुको मजा बेग्लै छ
उडान सपना भित्र भर्नु को मजा बेग्लै छ
भन्छिन मेरी मायालु बस्नुस गाउ घरमा
त्यसैमा अलि नजिक सर्नुको मजा बेग्लै छ
झरछौ उकाली अोराली हुदै खेत बारीमा
उनको साथमा खोलि तर्नुको मजा बेग्लै छ
चुहाएर पसिना खाजा खादाको बेलामा पो
उनलाई हेरी मुस्कान छर्नुको मजा बेग्लै छ
थकाई मर्न चौतारी छेउ बस्दाको समय
उनिसंग जिस्किएर लड्नुको मजा बेग्लै छ
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: