देब्रे गाला चट्काइदिँदा, दाहिने झनै दुख्दोरहेछ
मुटु भित्र आगो जल्दा,आँसु त्यसै सुक्दोरहेछ!!
हिजो सम्म राम्रै थियाे ,आज किन यस्तो भयौ
दैवले नी दुखिलाई, यत्ती धेरै हेप्दोरहेछ!!
निधारमा भाग्य लेख्न्ने, भावी कस्तो मेरो
सुखजती अन्तै बाडि , दुखमात्रै दिदो रहेछ!!
मनमा खुशी बोक्ने रहर, भेल बनी लगेपछी
यती सुन्दर संसारपनि, मरुभुमी देख्दो रहेछ!!!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: