हुने खाने ठुलाठालुको ओज छ मेरो देशमा ।
मान्छेलाई मारी मान्छेको भोज छ मेरो देशमा ।
जीउँदै मरुन् या बाँचुन् कसलाई के को वास्ता
लुछाचुडी कालो बजारी रोज छ मेरो देशमा ।
कुना-काप्चा, गाउँ बस्ती घरीघरी रोइरा'छ
मात्रै अहिले राजधानी मोज छ मेरो देशमा ।
ठुला-ठुला सपनाहरू सधैं-सधैं देखाएर
सोझा सिधा दुखियाकै खोज छ मेरो देशमा ।
-राम अप्रिय
पाँचथर, नेपाल
हाल साउदी अरब
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: