मेराे दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेला
पोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोला
साथीभाइ देउसी खेल्न घर आगनमा जम्मा हुँदा
मलाई सम्झी खिन्न हुँदै बेखुसी भइनहोला ।
घर बारीमा मखमली र गोदावरी फुल फुल्दा
मनभित्र मलाई सम्झी फुलको माला उनिन होला ।
घर बाहिर काहीं कतै हल्ला सुनियो भने पनि
सम्झनामा मेरै आवाज घरीघरी सुनिन होला ।
सप्तरंगि टीका र मखमली फुलमालामा मान्छेहरु देख्दा
आउने साल भाइटीका लगाउने सपना बुनिन होला ।
मेराे दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेला !
पोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोला !
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: