मेरो जीवनमा धेरै चुनौती छ अब दुस्मनलाई हराउनु पर्छ
बैसाखी टेकेरै भए पनि यो जिन्दगीलाई दौडाउनु पर्छ
मुस्कान लिएर आइन् मुटु लिएर गहिन उनी
अब जीवनमा मैले सधैं भरी अक्सिजन लगाउनु पर्छ
तिम्ले ठूलो मान्छे बनेश नभनुस है आमा
मलाई सानो बनेर तिम्रो काखमा निदाउनु पर्छ
मलाई अब राजधानी पुगेर बनाउनु छ राहदानी
अब मेरो छोरो जवान भयो मैले प्रदेश पठाउनु पर्छ
हाम्रो जिन्दगी यात्रा रहेछ हेर चिता सम्मको
एकदिन खरानी बनेर माटो बनेर बिलाउनु पर्छ
Liked by: