मेरो तन मन मा म मस्ती छु,
फूल्दै गर्दा को फूल झै खुसी छु॥
बाटो भुले नि के भयो र मलाई,
पुग्नु पर्ने हो त्यो ठाँऊ एक्लै छु॥
तिम्रो सबै ति गल्तीहरु भुले र,
हिड्दै छु स्वयं मेरो म साथी छु॥
सम्झनाले बाडुल्कीदै थाके कती,
कल्पी नाम जूनी भरी म जप्दै छु ॥
आँखाले हेरे , कानले सुने पनि,
त्यसैले त भित्र भित्रै म मख्खै छु॥
मेरो तन मन मा म मस्ती छु,
फुल्दै गर्दा को फुल झै खुसी छु॥
__________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: