थियो जिन्दगी चलाउनु जरुरी थियो।
दुख अनि सुख बिच एउटा दुरी थियो।
आमा रातो दिन पिर मान्नु हुन्छ यसरी
छोरो मुग्लान भासिनुमा मजबुरी थियो।
गरीबहरुको पनि दिन आउँछ अवश्य
घरबार उठाउन साहुको चुरिफुरी थियो।
मूर्खका अगाडी कसैको केहि चल्दैन रहेछ्
उसको हातमा भाला तरवार खुकुरी थियो।
तिमीबाट आज खै कस्तो फैसला आउने हो
हिजो दिल चोरेको आरोपमा उजूरी थियो ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: