बाध्यताले प्रदेशमा मन बुझाउन पर्दा मैले!
पीडा जति लुकाएर मुस्कुराउन पर्दा मैले!
प्रदेशको तातो घाममा सपनाहरु सजाएर!
दिन रातको भोक निद्रा धपाउन पर्दा मैले!
रुन त मन थियो डाको छोडी आमा सग!!
आमाको निम्ति आँसु लुकाउन पर्दा मैले!!
सम्झिदा घृणा लाग्छ आफ्नै जीवन देखि!
घर सम्झेर मध्य राती चिच्याउन पर्दा मैले!
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: