हेरेर तिम्रो तस्बिर मुस्कुराउन खोजिएछ।
बोकेर मन भरी पीर मुस्कुराउन खोजिएछ।
भक्कानिन्छ मन त्यसै अनेक बहानामा यहाँ
तोडेर पनि त जञ्जिर मुस्कुराउन खोजिएछ।
हास्नेहरु मात्रै खुशी देखिदैनन् अचेल कतै
रोएर पनि त आखिर मुस्कुराउन खोजिएछ।
सिन्दूर पोतेर चुरालाई सौभाग्य ठान्दा ठान्दै
देखेर त्यो रातो अविर मुस्कुराउन खोजिएछ।
हिमाल देखेर खुव टोलाइरहन्छु अचेल म पनि
बनेर सधैं सधैं स्थिर मुस्कुराउन खोजिएछ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: