अरे यार समय यसरी नै चलिरहेको छ । कोहि उत्साहित कोहि गलिरहेको छ ।। मान्छे जलेर एक दिन खरानी हुने हो । शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।
अरे यार समय यसरी नै चलिरहेको छ ।
कोहि उत्साहित कोहि गलिरहेको छ ।।
मान्छे जलेर एक दिन खरानी हुने हो ।
शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।
मेरो घाउ कोट्याएर दुखाउन खोज्छ्न ।
पिडाले भित्र भित्रै आगो बलिरहेको छ ।।
मेरो आँखा सधैको लागि बन्दनै रहोस ।
मेरो आँखामा तस्बिर हल्लिरहेको छ ।।
-सुदिप डल्लाकोटी
भण्डारा, चितवन
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: