पहिलो भेटमै | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

पहिलो भेटमै




   रवि राजवंशी - Sep 13 2016

पहिलो भेटमै नजरमा रहयौ,
यो मन भित्र पनि बसेर तँ हेर ...।

जहाँ छन सपनाहरू आखाको तरेलीमा,
तरेली संगै यी आखाको नानी भित्र पसेर तँ हेर ...।।

खडेरी भूमि जस्तै उजाड उजाड छ यो मन,
प्यासी यो मनमा वर्षा जस्तै खसेर तँ हेर...।

कस्ले देख्ला भित्री रोदन जहाँ पिडा लुकेको छ ,
दु:ख संगै सुख साटी कहिले हासेर तँ हेर ...।।

सुखमा सबै हात मिलाए दु:खमा पो छैनन् ,
आफ्नै खुशी लूटाई कसैको पिडा खोसेर तँ हेर ।।

पहिलो भेट्मै नजरमा रहयौ,
यो मन भित्र पनि बसेर तँ हेर ।

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.