अडिएर टक्क पर्खालका अगाडी ।
कसरी तर्किनु कंगालका अगाडी !
म एउटा भिखारी थाहा छ उसलाई ।
के लाग्छ र यो चन्डालका अगाडी ।
इज्जत अस्मिताको कुरै नगरे हुन्छ
पागल हुन्छौ तिमी दलालका अगाडी।
ढाल्नेछ सरकार तेरो दरबार पनि अब
सुहाउँदैन यो महल त्रिपालका अगाडी ।
छन् असिमित पीडा हरु मनै भरी छन् यहाँ
उ मुस्कुराए झैँ देखिन्छ हिमालका अगाडी ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: