आकाशको लागि त जुन छ, तारा छन् !
जस्तै उनको लागि दुनियाँ सारा छन् !!
मलाई अल्लारे नभन्नुस् महोदय ज्यु,
मेरो पनि त दाइत्व छ, अभिभारा छन् !
यसै म एक्लिएको होईन, मेरा लागि को छन् र ??
बगिजाने नदिको लागि पनि त किनारा छन् !
म यसरी एक्लिए आज दिनको एउटा एक्लो घाम झैँ,
बुढा बा को लागि पनि त लठ्ठी सहारा छन् !
म त भोकभोकै मर्नेभए नि बाबु
हेर त चराचुरुङ्गी का लागि त चारा छन् !
हेपिएको, दबिएको, थिचिएको त म मात्रै हो बाबू,
मेरा लागि त सबैजना प्यारा छन् !
Liked by: