पेशा यहाँ चन्दा भयो ।
दुई नम्बरी धन्दा भयो ।
चन्दा आतंकले गर्दा,
देश हाम्रो गन्दा भयो ।
रोगी र भोगी भए नेता,
बेसहारा झण्डा भयो ।
रोगी नेता पाल्दापाल्दै,
अर्थतन्त्र ठण्डा भयो ।
गणतन्त्र ल्याउँदा पनि,
पंचायतकै पण्डा भयो ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: