कुर्दाकुर्दै देउरालिमा, आँखाहरु थाकीसके
कती गाउनु मायाको गित, भाकाहरु थाकी सके
सङ्गै जिउने सङ्गै मर्ने, किन खायौ कसम ?
बिछोड सङ्गै पिरतिका, नाकाहरु भत्किसके
हजार सपना देखाएर, छाडीगयौ बिच बाटोमा
मनको खेत खडेरिले, धाजाहरु फाटी सके
के कमी भयो कुन्नि, मन मुटु दिएकै हो
लायौ आगो जिन्दगीको, पानाहरु जली सके
जिन्दगी नै बेरङ्गी भो, सपना सबै टुटे पछि
धुन छैन सारङ्गिको, तानाहरु साटी सके
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: