म टाढा टाढा छु नजरमा प्रियको ।
नचुमेको धेरै भो अधरमा प्रियको ।।
यादले पिरोल्छ हर दिन हर रातभरि ।
नपुगेको धेरै भयो शहरमा प्रियको ।।
एक्लै गर्दैछिन् यात्रा आजसम्म उनि ।
साथ दिनुछ मैले सफरमा प्रियको ।।
तन र मन दुख्छ पिडा अनन्त हुन्छ ।
यहि सन्देश आएको छ खबरमा प्रियको ।।
तड्पिएर बाँचिराछु हजुर साथै नहुँदा ।
मलाई पनि बेचैन छ असरमा प्रियाको ।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: