तिम्रो अधर हेर्ने मन छ रातमा पुगेर
यो सुनेर चाद हरायो प्राभातमा पुगेर !
हामी पुग्नुपर्ने ठाउँमा पुग्ने सकेनौं
कुनै प्रेम नटुंगियोस औकातमा पुगेर !
फुल खोज्दै भौतारिरहेको एक भमरा
कसरी मर्यो होला सुकेको पातमा पुगेर !
यो हात अरुको हात समाउन डराउछ
कस्तो पाठ सिक्यो तिम्रो हातमा पुगेर !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: