कानमा आइ गर्ने तिम्रो बात प्यारो छ
मेरो हातमा मिलाउने हात प्यारो छ
भावनाको कदर अनि एकअर्काको सम्मान
छाँया जस्तै पछ्याउने साथ प्यारो छ
मङ्सिर महिना लागेपछि कसिएका छन् लगनगाँठो
चिसो मौसम प्रेयसीको मात प्यारो छ!
अब त बिहान भयो उठ भन्छे प्रियेसिले
बार्ण झैँ प्रहार गर्ने उनको घात प्यारो छ
माफ गर भुल भए सोच त्यो त संयोग थ्यो
हरेक पल तिमि संग बिताएका रात प्यारो छ
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: