तिमीलाई खुसी मिल्छ भने, मेरो खुन पिएर जाउ । सक्छौ भने धड्कन झिकी, मुटु मेरो सिएर जाउ । चट्टान झै बनी सक्यो, मेरो मुटु दुख्दैन अब एउटा मात्र होईन मलाई, लाखौ चोट दिएर जाउ ।
तिमीलाई खुसी मिल्छ भने, मेरो खुन पिएर जाउ ।
सक्छौ भने धड्कन झिकी, मुटु मेरो सिएर जाउ ।
चट्टान झै बनी सक्यो, मेरो मुटु दुख्दैन अब
एउटा मात्र होईन मलाई, लाखौ चोट दिएर जाउ ।
के गरु खै अब म आशाहरु मर्दै मर्दै गएपछि
मै मरुला तिम्रो लागि, तिमी मात्र जिएर जाउ ।
केही छैन म संग अब, तिम्रो यादहरु बाहेक
जान्छौ भने यदि तिम्रा, सारा यादहरु लिएर जाउ ।।
'प्यासी' अमर श्रेष्ठ
दिक्तेल, खोटाङ
[email protected]
Liked by: