आमा तिम्रो पीडाहरु बढेका झन-झन सम्झेको छु
आफ्नैको त्यो रुखो,अनि कठोर वचन सम्झको छु !
घरमा पीडा अनि स्थितिले गर्दा,दुख्त्यो मन
जब हुन्थ्यो चाडपर्वको,आगमण सम्झेको छु !
जब हरकोहिलाई सताउथ्यो बेदनाको पोकोले
बाध्य थिए बिचरा पर्नलाई,शाहुको शरण सम्झेको छु !
गरिबताले हनेको थियो कठै बिचरा मेरो गाँउलाई
सताउथ्यो रोगले,भोगले,निश्चित थियो मरण सम्झेको छु !
म दुखी,तिमी दुखी सारा जगतै दुखी
कस्ले गराउँला सुखको अबतरण सम्झेको छु !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: