संगै भाइटिका लगाउला दिदी आगौ बिदा मिल्यो भने ।
सप्तरङिले निधार रङ्ग्याउला दिदी आगौ बिदा मिल्यो भने।
गन्दैछु औला कतिओटा तिहार खाली निधार गए भनी
रमाउदै पिङ मच्चाउला दिदी आगौ बिदा मिल्यो भने
सप्तरङिले निधार रङ्ग्याउला दिदी आगौ बिदा मिल्यो भने
भन मेरा भाइ हो "देउसिरे "भनि ननाचेको बर्सौ भयो ।
देउसी भैलो भट्टौला साथि आगौ बिदा मिल्यो भने ।
सप्तरङिले निधार रङ्गौला दिदी आगौ बिदा मिल्यो भने।
तिहारको पहिलो सेल खान कती झगडा गर्थेऊ हगी ।
लक्ष्मीलाई छुट्ट्याउला बहिनी आगौ बिदा मिल्यो भने।
सप्तरङिले निधार रङ्ग्याउला दिदी आगौ बिदा मिल्यो भने।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: