सधैं तिम्रै मात्र सरकार चल्दैन
ग्राहक बिना साहुले मात्रै बजार चल्दैन
तिमी जान्ने उ नि जान्ने सबै जान्ने आजभोली
याहा विद्वानहरूको बिचार चल्दैन
अब ठोस निर्णय लिनु पर्छ तिम्ले
खाली दुई मत अनि दोधार चल्दैन
समय कहाँ बाट काहा पुगिसक्यो
अब ढुङ्गे युगको त्यो ओढार चल्दैन
कस्ले भन्छ पानी होइन प्यासी धाउनु पर्छ?
नदि आफै आउँछ भेट्न किनार चल्दैन
पिरतिमा बिश्वास अनि भरोसा चाहिन्छ
येस्मा कुनै फाटो अनि दरार चल्दैन
उ मलाइ हावा भनी सम्वोधन गर्छे
म भनी दिन्छु हावा बिना संसार चल्दैन
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: