सपना हरु धेरै थिए ,
बिपनासँग भूली दिए॥
चाहना राखे जून झार्ने,
निसाना चुक्यो, आसू पिए॥
जमाना रम्यो सराबमा
के बाच्नु थोरै प्याला न लिए॥
मुर्ति भो छाति भित्र कतै,
बन्दना आखिर गर्दै जिए॥
बात मार्नु बाँकि नै तर,
फाँटीगो मन आफैले सिए॥
सपना हरु धेरै थिए,
बिपना संग भूली दिए॥
___________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: