पूर्व थियो अहिले पश्चिम पुगेछ घाम पनि
कहि धुप कहि ओझेल कस्ता कस्ता ठाम पनि
माग्ने को भिड्मा माग्नेहरुछन यहाँ त्यहाँ
माग्न भनी धाउछन श्रद्धालु चार धाम पनि
मत दङ्गदास छु हेरेर दुनिया अचम्मको छ
हरेकका कस्ता कस्ताछन गर्ने काम पनि
आशिष फलाक्नु फलाकेर नाना भाती भाति
केही नराखी दिदा रहेछन हातमा खाम पनि
पूर्व थियो अहिले पश्चिम पुगेछ घाम पनि
कहि धुप कहि ओझेल कस्ता कस्ता ठाम पनि
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: