अहंकारको त्यो दम्भ, तोड्नु पर्छ अब
बेमेलका पर्खालहरु,फोड्नु पर्छ अब !
समृद्धिको लोकमा,प्रक्षेपण गर्न देशलाई
यानमा शान्ति-इन्जिन,जोड्नु पर्छ अब !
सपार्न शान्तिको बाली,समृद्धिका खातिर
विखण्डनकारी तृण जति,गोड्नु पर्छ अब !
समृद्धिको अलकापुरी ,पुर्याउन देशलाई
शान्तितर्फ बहावको धार,मोड्नु पर्छ अब !
एक थुकी सुकी ,भन्छन् सय थुकी नदी
अभिष्ट हेतु एउटै छाता,ओड्नु पर्छ अब !
उनेर सयौं थरी फूल,भाषा,जात र धर्मका
सामरिक मगज बगरमै,छोड्नु पर्छ अब !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: