यो रातलाई दिन भन्दा फरक नपर्ला
रातमा पनि उज्यालो निस्फिक्री भैइरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
बाटो खुला देखिन्छ, चारैतिर,
जाने कता, को संग, थाहा छैन
पाइलै पिछे यहाँ मेरो बिक्री भैइरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
दृश्य के हेरु
म गुलाम झैं कैद भएर
नजर संगै दर्शनमा तडप केही भित्री भैइरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
शक्तिसालि को,
म छु अन्दाजा लगाउने प्रयासमा
जसको हातमा परे पनि मसिना झिक्रा झिक्री भैरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
पशु तुल्य मुल्यांकन,
डोरी घाटिमा बाधेर जिउने जीवन
तिरस्कारले चु चु गर्दै फालेको भन्दा, उमठिएको पेट नै जिग्री भैरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
गोडा छन् मेरा पनि कुदनलाई ,
हात टेक्नै पर्ने कस्तो बिडम्बना
सके हिंड् खुरुखुरु नत्र घिस्री भैरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
निश्वास शरीरको जे सुकै गरुन्
मरेर लास हुन पाए
जिउँदैको यो प्राणवायु फिक्री भैरहेछ
बादल पनि बेरिएर सिक्री भैइरहेछ
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: