मातृ भुमी जननी शीर ठाडै राख्नु पर्छ
झुकाउने चिन्तन सिमा ,टाढै राख्नु पर्छ
बाहादुर चिनियो बिश्व भित्र साहासिलो
हजारौं त्यो दुष्टको मार बाँझैँ राख्नु पर्छ
बेबहार उसको आयो सिमा नाघ्दै हेर
हुन्न झुक्न नसके सिमा जामै राख्नु पर्छ
बाछो खाने हरुले गाइ पनि राख्दैन्
जोगाउन सिमाना शक्ति आफै राख्नु पर्छ
इतिहास गोर्खाली झुक्न दिनौ हामी हरु
सदनमा दलाल हरु सबै पाखै राख्नु पर्छ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: