बिकृतिको स्वार्थी जालो बुन्छ मान्छे
मुलुक भित्र आफै निकास थुन्छ मान्छे
इमानी जो अघि बढ्दै जान्छ आँटी
त्यस्ले अग्लो टापु सिखर छुन्छ मान्छे
समाज भित्र बसी स्वार्थ पुज्नेहरु
थोरै मात्र स्वाभिमानि हुन्छ मान्छे
विकास बाट खुसी पाउने आशा थियो
देशको उँधो गति देख्दा रुन्छ मान्छे
निखार आउँछ विचार जब ज्ञानी हुन्छ
बल्ल निकासको बाटो चुन्छ मान्छे
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: