सलाई काफि छ डढेलो लाउनका लागि !
मौनता काफि छ तड्पाउनका लागि !
तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !!
काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि !
थाहा छ मलाई खुसि अन्तै छ तिम्रो - २
मागेको छैन भिक तिमीलाई पाउनका लागि !!
पिरतीको रंगमञ्चमा कतिपय दृष्यहरु - २
काफि हुन्छन मात्र नजर झुकाउनका लागि !
माया प्रेम को झुटो खेल खेल्ने गर्छन कसैले - २
चिन्न जरुरी छ जीवन साथी बनाउनका लागि !
भन्छन होला तिमीनै मेरो मुटुको धड्कन हौ - २
काफी छ तिम्रो जोबन प्यास मेटाउनका लागि !
फूल नै काफी हुन्छ भमरा झुलाउनका लागि !!
सलाई काफि छ डढेलो लाउनका लागि !
मौनता काफि छ तड्पाउनका लागि !
तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !!
काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि !
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: