आसाहरू जब केही पलाउन थाल्छन ।
तब मेरो देश अर्कै ढलाउन थाल्छन ।
योजनाका खाकाहरू निर्माण गरे पनि ।
प्रकाशन नहुँदै जलाउन थाल्छन ।
मित्र मित्र मिलि देश चलाउन खोजे पनि ।
आफ्नै मित्र रातारात गलाउन थाल्छन ।
खै कसरी बुझ्ने यो राजनितिको खेलहरू ।
उत्तर र दक्षिणबाट चलाउन थाल्छन ।
राष्ट्रघाती काम गर्न पछी नपर्ने ।
भष्टाचारि नेताहरू फलाउन थाल्छन ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: