तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको
ब्रेक फेल भो हिड्या गाडी, धन्न धन्यै ज्यानै गाको।
उपचार भो तनको त, मनको घाउ अझै उस्तै
बल्झिरहन्छ मनको काँडा, मलाई मात्र यो के भाको
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।
दुख पाउन लेख्या रहेछ, भाग्य कर्म दुबैबाट
मन्दिर धाएनी देवताको रहेन्छु, क्यारे आशिष पाको
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।
संघर्ष त गरेकै थिए, आँधी हुरि तुफानसँग
आखिर हार भो संघर्षमा, खेर गयो कसम खाको
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।
लैजाउ फिर्ता माया प्रेम, खाएका कसम एकैसाथ
बाध्य भँए सिउदो छोडन, आफ्नै हातले सुम्सुमाको
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।
कस्तो यात्रा तय गरौ, बिच बाटोमै परे म त
फेरि नयाँ खोजौ भने, कस्तो पर्छ नयाँ आको
तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको
ब्रेक फेल भो हिड्या गाडी, धन्न धन्यै ज्यानै गाको
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: