सारा खुशी तिम्रै लागि साचि बसेको छू,
तिमी आउने आशमा बाँची बसेको छु !
न फूल हो जिन्दगी न त काँडा भन्छु ,
जस्तो चल्छ त्यस्तै म राखी बसेको छु !
शासले धोका देला बरु तिम्ले दिन्नौ भन्दै,
विश्वासका मलहरु धेरै गाँसी बसेको छु !
आउँछौकी भनी सपनीमा तिमी कुनैदिन,
कोठा भरी तिम्रै फोटा टासी बसेको छु !
पिडा त छ मलाई तिमीलाई गुमाउनुको,
तिमी खुशी छौ रे सुन्छु हाँसी बसेको छु !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: