हरेक पल तिमीलाइ मात्रै, सम्झिने बानीहरुले
प्रतीक्षा तिम्रै गर्छन यि, आँखाका नानीहरुले !
के सन्देश दिउँ म, यो मायाको तिमीलाइ प्रिया
युग-युगलाइ हाम्रो प्रेम, बयान गर्छ कहानीहरुले !
तिमी थोरै मुस्कुराएर, लजायौ अनायासै फेरि
नजिक सर्न अपिल गरेझैं, लाग्छ आनाकानीहरुले !
हर रात तिमी आउँछौ, बिथोल्न मेरा यी आँखा
कति निटक थियौ बताउलान्, मेरा सिरानीहरुले !
फुलसरी बास्ना फैलायौ, तिमीले त्यो यौवनको
के सम्हाल्न सक्थे आफुलाइ, मेरा जवानीहरुले !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: