टाढा हुनै पर्यो माया गरेर पनि
पाउन सकिन मन परेरे पनि
बचाउन सकिन अाज हाम्रो प्रेम
बाचेन त के गर्नु अाफु मरेर पनि
मनको माया मलाई थियो तिम्रो
के पायो उसले सिउदो भरेर पनि ?
खोला तरेपछि लौरो भुल्दा रहेछन यहा
मैले त भुल्नै सकिन खोला तरेर पनि
तिमीले छाडेपछि मैले घर छाडेको हुँ
अहँ तिम्रो यादले छाडेन बसाइ सरेर पनि
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: