उड्न मन लाग्छ माथि माथि चरी बनेर
बतास संगै सिमलकाे भुवा सरी बनेर
लुटेरा बन्नु छ कसैको जवानी लुटी लुटी
कानुनले पनि नपग्रिने त्यो प्रहरी बनेर
बर्बाद पार्नु छ कतिको घरवार मैले यहाँ
लाली पाउडर घसी घसी कन सुन्दरी बनेर
सोझो हुदा धोका दियो अाफ्नै जिन्दगीले
लुटेरा हुनुछ मुकुन्डो लगाई थरी थरी बनेर
अागो बाल्छु सडकमा कसै कसैका लागि
धेरै धेरैको दुश्मन थोरैको दौतरी बनेर
डुबाउनु छ चुर्लुम्बै सानो भन्दै हेप्ने लाई
शान्त तर धमिलो गहिरो पोखरी बनेर
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: